महासंघको आन्दोलनमा साथ दिन सबै पत्रकारहरुलाई अध्यक्ष आचार्यको आह्वान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

महासंघको आन्दोलनमा साथ दिन सबै पत्रकारहरुलाई अध्यक्ष आचार्यको आह्वान

महासंघका अध्यक्ष गोविन्द आचार्य

काठमाडौं, १३ जेठ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सुरु गरिएको महासंघको आन्दोलनमा साथ दिन सबै पत्रकारहरुलाई आह्वान गर्नु भएको छ ।

अध्यक्ष आचार्यले महासंघको लोकतन्त्रको पक्षमा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा, नागरिक अधिकारको पक्षमा सुरु गरिएको सो आन्दोलनलाई पक्ष र विपक्षमा कैद नगर्न पनि आग्रह गर्नु भयो । पत्रकारहरुको हक, हितको पक्षमा गरिएको आन्दोलन कसरी गलत हुन सक्छ ? अध्यक्ष आचार्यको तर्क थियो ।

सहीद पत्रकारहरुको सम्मानमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रेस स्वतन्त्रताको एजेण्डालाई लिएर सुरु भएको महासंघको आन्दोलनबाट आफूहरु विचलित नहुने दृढता पनि व्यक्त गर्नु भयो । अध्यक्ष आचार्यले पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पछिल्लो समय सुरु गरेको आन्दोलन सफल भएरै छाड्ने दावी पनि गर्नु भयो ।

अध्यक्ष आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सुरु गरिएको आन्दोलनलाई सफलतामा पु-याउन सबै पत्रकाहरुले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । अध्यक्ष आचार्यले तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेयता मात्रै ३७ जना पत्रकार मारिएको उल्लेख गर्दै उनीहरुको हत्यारा पत्ता लगाई तत्काल कार्वाही गर्न पनि सरकारसँग माग गर्नु भयो । महासंघले सशस्त्र द्वन्द्वकालयता वेपत्ता भएका ५ जना पत्रकारहरुको स्थिति सार्वजनिक गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);