प्रधानमन्त्रीकाे प्रश्न-'हिजो बम पड्काउने आतंककारी समूहकाे माग के हो ?' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

प्रधानमन्त्रीकाे प्रश्न-‘हिजो बम पड्काउने आतंककारी समूहकाे माग के हो ?’

प्रधानमन्त्री केपी शर्मा ओली

सरकार प्रेस स्वतन्त्रतामा १०० प्रतिशत ग्यारेन्टी गर्छ

ललितपुर, १३ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताउनुभएको छ । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताउनुभएको हो । “हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ?” उहाँको प्रश्न थियो ।

प्रधानमन्त्रीले संविधान बमोजिम भएको निर्वाचनबाट सरकार निर्माण भएको उल्लेख गर्दै सोध्नुभयो, “अब के चाहियो ?” उहाँले सिलिण्डर बम हानेर आतंकित पार्ने र लुटपाटका लागि क्रान्तिको नाम लिने यो मानव अधिकारका लागि खतरनाक पक्ष भएको बताउनुभयो । विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि नभएको प्रधानमन्त्रीको भनाइ छ । नेपाललाई अशान्ततिर लैजाने प्रयासलाई सरकारले रोक्ने प्रधानमन्त्रीको चेतावनी थियो ।

प्रधानमन्त्री ओलीले सरकारले प्रेस स्वतन्त्रतामा शतप्रतिशत ग्यारेन्टी गर्ने स्पष्ट पार्नुभयो । संविधानमै रहेको प्रेस स्वतन्त्रताको व्यवस्थालाई सरकारले सम्मान गर्ने बताउनुभएको छ । “प्रेस स्वतन्त्रताको सम्बन्धमा संविधानले व्यवस्था गरेभन्दा सरकार एक अक्षर पनि तलमाथि गर्दैन” प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्रीले पत्रकारितामा कतिपय विसंगतिहरु देखिएको भन्दै सुधारको आवश्यकता औंल्याउनुभयो । ‘समाचार सत्यमा आधारित हुनुपर्छ, कसैलाई व्यक्तिगतरुपमा रिस उठेको भरमा सभ्यताको सिमा नाघ्न मिल्दैन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सभ्य ढंगले समाचार प्रस्तुत गर्नका लागि नेपाली भाषामा शब्दको भण्डार छ ।’

प्रधानमन्त्री ओलीले नेपाललाई मानवअधिकारमा कमजोर भएको देश हुन नदिने स्पष्ट पार्नुभयो । उहाँले मानवअधिकारलाई एउटा पक्षबाटमात्रै हेर्न नमिल्ने बताउँदै विभिन्न पक्षबाट हेर्नुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले मानव अधिकारको प्रश्न लोकतन्त्रमा नै हुने बताउँदै तानाशाहीमा मानव अधिकार भन्ने शब्द नै नहुने बताउनुभयो । ‘तानाशाहीमा मानवअधिकारको चर्चै हुँदैन,’उहाँले भन्नुभयो । घरघरमा हुने महिला र बालबालिकाको मानवअधिकार उल्लंघनका घटना रोकिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले घरघरमा मानवअधिकारको संरक्षण हुनुपर्नेमा जोड दिनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);