गृहमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न, 'बिष्फोटमा मृत्यु भएका नेपाली नागरिक नभए को हुन् ?' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

गृहमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न, ‘बिष्फोटमा मृत्यु भएका नेपाली नागरिक नभए को हुन् ?’

rambahadur-thapa-badal

काठमाडौं, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री राम बहादुर थापाको भनाई प्रति आपत्ती जनाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा मुलुकको शान्ति सुरक्षा लगायत पछिल्ला घटनाबारे जानकारी गराउने क्रममा गृहमन्त्री राम बहादुर थापाले बम विस्फोटमा मारिनेहरु सामान्य नागरिक नभएको बताएपछि कांग्रेसका सांसदहरुले त्यसप्रति आपत्ती जनाएका हुन् । सांसदहरु पुष्पा भुषाल र देबेन्द्रराज कँडेलले घटनामा मारिने ‘कुन देशका नागरिक हुन भन्दै गृहमन्त्रीसंग प्रश्न गर्नुभयो ।

त्यसैगरी सांसद राजेन्द्र कुमार केसीले राजधानीमै बम बिष्फोटन हुनुले शान्ति सुरक्षाप्रति गम्भीर प्रश्न उठेको बताउनुभयो ।

राजपाका सांसद शरद सिंह भण्डारीले राजनीतिक स्थायीत्व र स्थिरताको जतिसुकै नारा लगाएपनि राजनीतिक समस्या अझै रहेको भन्दै त्यसलाई स्वीकार गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

त्यसैगरी, सांसद लक्ष्मणलाल कर्णले राजधानीको बम विस्फोटको घटनाले समग्र देशबासी नै चिन्तित रहेको भन्दै राजनीतिक रुपले समस्यामा समाधान खोज्न माग गर्नुभयो । बैठकमा सत्तापक्षका सांसदहरुले भने सरकारको बचाउ गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);