कांग्रेसले किन गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कांग्रेसले किन गर्‍यो प्रतिनिधिसभा बैठक बहिष्कार

samsadh bicc

काठमाडौं, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको विहीबारको बैठकमा गृहमन्त्री राम बहादुर थापासंग नियमावलीको नियम २ सय १९ अनुसार प्रश्न सोध्ने समय दिन गरेको आग्रहलाई सभामुखले अस्वीकार गरेपछि कांग्रेसका सांसदहरु बैंठक छोडेर निस्किएका हुन् ।

गृहमन्त्रीले कञ्चनपुर घटनाबारे सदनलाई जानकारी गराएपछि प्रश्न सोध्न नदिई सभामुखले परराष्टमन्त्री प्रदीप ज्ञवालीलाई समय दिएका थिए । त्यसपछि पनि सभामुखले प्रश्न उत्तरको लागि समय नदिएपछि कांंग्रेसका सांसदहरुले उभिएर नियमापत्ति गरे ।

सांसद डाक्टर मिनेन्द्र रिजालले प्रतिनिधिसभा नियमावलिको नियम २ सय १९मा भएको व्यवस्था अनुसार मन्त्रीले दिएको अभिव्यक्तिप्रति प्रश्न सोध्न सक्ने प्रावधान रहेको भन्दै सोही बमोजिम समय उपलब्ध गराउन माग गरे । उनले भने “सभामुख महोदय यो स्वविवेकिय अधिकार होइन, प्रश्न सोध्न पाईन्छ ।”

प्रतिपक्षी दलका सांसदहरु उभिरहेकै समयमा सभामुख महराले नियमावलिको नियम १५ पढेर सुनाएका थिए । विशेष समय र शुन्य समयमा उठेका प्रश्नको सवालमा मन्त्रीसंग प्रश्न उत्तरको व्यवस्था नभएको र गृहमन्त्रीको जवाफ नियम १५ अन्र्तगतको भएको भन्दै आसन ग्रहण गर्न आग्रह गरिएको थियो ।

नियमावलिका बारेमा प्रतिपक्षी दलका सांसद र सभामुखबीच भनाभनपछि सभामुखले समय उपलब्ध नगराई प्रतिपक्षी दलका सांसद उभिईरहेका बेला प्रतिनिधिसभाका विषयगत समितिमा रहेका सदस्यहरुको नाम पढ्न सुरु गरेका थिए । कांग्रेसको अवरोधकाबीच सभामुखले सबै १० वटा विषयगत समितिमा रहेका सांसदहरुको नाम पारित भएको घोषणा गरे।

त्यसपछि सभामुखले कार्यसुचीमा रहेको अर्को कार्यक्रम बीमा विधेयक प्रस्तुत गर्नका लागि अर्थमन्त्रीलाई समय दिएपछि कांग्रेसका सांसहरु बैठक बहिष्कार गरि बाहिरिएका थिए । प्रतिपक्षी दलका सांसदको बहिष्कारकाबीच अर्थमन्त्री डाक्टर युवराज खतिवडाले राखेको बीमा विधेयक २०७५ विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गर्यो ।

त्यसपछि गृहमन्त्री राम बहादुर थापाले अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय संगठित अपराध र अबैध लागू औषध कारोबार विरुद्ध सहयोग सम्बन्धी विमस्टेक महासन्धि प्रस्तुत गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार अपरान्ह १ बजेका लागि बोलाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);