काँग्रेसले सरकारमाथि विनाकारण हमला गरिरहेको प्रधानमन्त्रीको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काँग्रेसले सरकारमाथि विनाकारण हमला गरिरहेको प्रधानमन्त्रीको आरोप

kp oli pm

काठमाडौं १७ साउन । प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले सरकारमाथि विनाकारण हमला गरिरहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले काँग्रेसले संसदीय अभ्यास समेत गर्न नदिएको आरोप लगाए । उनले लोकतन्त्रको नाममा काँग्रेसले छाडातन्त्र ल्याउने खालका गतिविधि गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले लोकतान्त्रिक भनिने काँग्रेसले बहुमतको निर्णय नमानेर संसदीय व्यवस्थाकै अपमान गरिरहेको आरोप लगाए । बिहीबार तुलसीलाल स्मृति प्रतिष्ठानले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकारले अधिकतम लोकतान्त्रिक अभ्यास गरिरहँदा पनि अधिनायकवादको आरोप लगाउने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले सुशासन र विकासमार्फत् मुलुकलाई समृद्ध बनाउन सरकार लागि परेको बताए । उनले सबै जनतालाई सुःखी बनाउन सरकारले ‘समान अधिकार र समान अवसर’ मा जोड दिएको बताए । प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउने उद्देश्यका साथ आफूहरुले बलियो कम्युनिष्ट पार्टी बनाउनु परेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);