पार्टीले सरकारको प्रतिरक्षा गर्न नसकेको प्रधानमन्त्रीको गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पार्टीले सरकारको प्रतिरक्षा गर्न नसकेको प्रधानमन्त्रीको गुनासो

kp oli

काठमाडौं, १ साउन । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सरकारको प्रतिरक्षा गर्न नसकेको गुनासो गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रो कामबारे लेख्ने, बोल्ने काम समेत पार्टी भित्रबाट हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । उनले सरकारले नेपालको इतिहासमै सबैभन्दा बढि प्रगतिशील, जनपक्षीय र विकासमुखि नीति लिएपनि त्यसको प्रतिरक्षा गर्ने पार्टी भित्र कोही पनि नभएको जस्तो देखिएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार पार्टीका नेता, कार्यकर्तासँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले विपक्षीहरुले अनावश्यक विषयलाई उचालेर सरकारको विरोध गरिरहेको आरोप लगाए ।

उनले चार महिना भित्र सरकारले मुलुकलाई समृद्ध बनाउन सम्भव नभएको विषयलाई समेत उचालेर जनता विरोधि तत्वले सरकारको विरोध गरिरहेको बताए । प्रधानमन्त्री ओलीले सरकारले जनताले सुम्पेको अभिभारालाई अत्यन्तै शालिनताका साथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले तत्काल सडकका सबै खाल्डाखुल्डी पुर्ने लगायतका अपेक्षा सरकारसँग राख्नु जायज नहुने बताए । उनले सरकारले जनताको अपेक्षा अनुसार मुलुकलाई समृद्ध बनाउने आधार तयार पारेको उल्लेख गर्दै सोही आधारमा टेकेर अघि बढ्ने योजना पनि अघि सारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);