नयाँ शक्ति पार्टीद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नयाँ शक्ति पार्टीद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

oli

काठमाडौं, १ साउन । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ ।

नयाँ शक्ति पार्टी, नेपालले मंगलबार काठमाडौंको माईतीघर मण्डलामा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्दै प्रर्दशन गरेको हो । सरकारले संविधान विपरित, जनविरोधि गतिविधि गरेपछि आफूहरु सडक संघर्षमा उत्रन बाध्य हुनु परेको नेता गंगा श्रेष्ठले बताए ।

प्रर्दशनमा सरकारले महंगी नियन्त्रण गर्न नसकेको, नागरिक अधिकार हनन् हुनेगरी काठमाडौंको विभिन्न स्थानमा निषेधित क्षेत्र तोक्ने काम गरेको, मेडिकल माफियाहरुलाई प्रश्रय दिने प्रयास गरेको भन्दै चर्का नाराबाजी गरिएको थियो ।

नयाँ शक्ति पार्टी, नेपालले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गर्दै आएको छ । नेता श्रेष्ठले सरकारलाई एक्काईसौं शताब्दीका नागरिकको अधिकार हनन् हुने कुनै पनि गतिविधि नगर्न पनि चेतावनी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);