समृद्धिका लागि धैर्य गर्न प्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

समृद्धिका लागि धैर्य गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशलाई सही बाटोमा हिडाउन खोजेको बताएका छन् । आज पार्टीको कन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीका नेता, कार्यकर्ता र सर्वसाधरणसँग भेटघाट गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सुशासन ल्याउने प्रतिवद्धताबाट आफू बिचलित नहुने बताएका छन् । संविधान, नियम, कानुन र विधि अनुसार सरकारले काम गर्छ प्रधानमन्त्री ओलीले भने ‘जसले जे माग राख्यो त्यो पुरा गर्ने, कसैले थर्काउँदा थर्किने वा दबाबमा परेर निर्णय हुँदैन ।’

प्रधानमन्त्री ओलीले भने ‘यस सरकारका उद्देश्य अन्य सरकारका भन्दा फरक छन् । वर्तमान सरकारले देशलाई थितीमा हिडाउन चाहेको छ ।’ जनताले सरकारलाई सुम्पिएको अभिभारा गर्नेमा कुनै सन्देह नभएको प्रधानमन्त्री ओलीले बताए।

सरकारले जनताका आकांक्षा पुरा गर्छ भन्ने बुझेका विरोधीहरुले, सामाजिक न्याय हुन नदिनेहरुले सरकारका विरुद्ध अफवाह फैलाएका छन् प्रधानमन्त्री ओलीले भने ‘पार्टीका नेता कार्यकर्ता र सर्वसाधरणले यस्ता कुराको प्रतिवाद गर्नुपर्दछ।’

दुई –चार महिना मै समृद्धि हासिल गर्न नसकिने भएकोले धैर्य गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे । “चुनाव भन्दा अघिको सरकारले देशमा जथाभावी गरेकोले त्यसलाई सही ठाउँमा ल्याउन पनि समय लागेको छ” प्रधानमन्त्री ओलीले भने “निर्वाचन आचार संहिता लागेपछि जथाभावी नियुक्ति, निर्वाचन परिणाम आएको तीन महिनासम्म सत्ता हस्तान्तरण नगरेर काँग्रेसले विधि विधान विपरीत ग-यो । ”

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);