आइतबारको बम विस्फोटको घटनालाई लिएर सरकारको चौतर्फी आलोचना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

आइतबारको बम विस्फोटको घटनालाई लिएर सरकारको चौतर्फी आलोचना

सडकदेखि सदनसम्म सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न

सीता शर्मा

काठमाडौं, १३ जेठ । काठमाडौमा आइतबार भएका बम विस्फोटको घटनालाई लिएर अहिले सरकारको चौतर्फी आलोचना भइरहेको छ । ठूलो सुरक्षा संयन्त्रकाबीच राजधानीमै ४ जनाको ज्यान जाने गरी भएकोे बम बिस्फोटको घटनाले राज्यको सुरक्षा व्यवस्था फितलो भएको सरकारको चौतर्फी आलोचना भएको हो ।

आइतबार काठमाडौंमा लगातार ती स्थानमा बम विस्फोट भयो । विस्फोटमा परी ४ जनाको मृत्यु भयो भने ८ जना घाइते भएका छन् । सबै सुरक्षा निकायहरु काठमाडाैं केन्द्रित हुँदा पनि यस्तो घटनाको कुनै निकायले पुर्व अनुमान लगाउन सकेनन् । सरकारद्वारा प्रतिबन्धित समुह नेत्र विक्रम चन्द नेतृत्वको समुहका कार्यकर्ताले प्रशासनिक केन्द्र सिंहदरवारको पर्खाल नजिकै घट्टेकुलोमा ज्यान जाने गरी बम विस्फोट हुंदा पनि सुरक्षा संयन्त्रले सुंइकोसम्म पाएन ।

सोमबारको बन्दलाई लक्षित गरी विस्फोटक पदार्थहरु ओसारपोसार गर्दा र विस्फोटक पदार्थ बनाउन लाग्दा घटना भएको सरकारले बताएको छ । तर यो घटनालाई लिएर आम सर्वसाधारणमा भने त्रास फैलाएको छ । आइतबारको घटनाले सडकदेखि सदनसम्म सरकारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । संसदमा बोल्दै कांग्रेस सांसद सितादेवी यादवले जनतालाई शान्ति सुरक्षा दिन नसक्ने सरकार अर्धनिद्रामा रहेको भन्दै यस्तो सरकारबाट केही अपेक्षा गर्न नसकिने बताउनु भयो ।

मानिसको ज्यानै जाने गरी र आमसर्वसाधारणलाई त्रसीत बनाउने गरी भएको आइतबारको घटना रोक्न सरकारको सुरक्षा संयन्त्र चुकेको विश्लेषण गर्न थालिएको छ । विप्लप समूहको हिंसात्मक गतिविधीका सुचना सरकारका निकायहरुले लिन नसक्दा अनाहकमा नागरिकले ज्यान गुमाउनु परेको पुर्व एआइजी राजेन्द्र सिंहको भनाई छ ।

तर गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने सरकार सुरक्षामा संवेदनशील रहेको र घरभित्र भएका एक दुई घटनालाई लिएर सुरक्षा निकायमाथि प्रश्न गर्न नमिल्ने दाबी गर्छन् । सरकारले शान्ति सुरक्षा व्यवस्था कडा बनाएको बताए पनि दिनप्रतिदिन बढ्दै गएका हिंसात्मक घटनाले सरकारको सुरक्षालाई चुनौती दिइरहेको छ ।

अझ सोमबारको प्रतिनिधिसभा बैठकमा सार्वजनिक सरोकारको विषयमा बोल्ने क्रममा गृहमन्त्री रामबहादुर थापाले विस्फोटमा मारिने आम नागरिक नभएर कुनै समुहको कार्यकर्ता हुन् भनेपछी झन सरकारको तीव्र आलोचना भएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);