सदनमा घोचपेचः ‘ती जनता हैनन् अपराधी हुन्’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सदनमा घोचपेचः ‘ती जनता हैनन् अपराधी हुन्’

rambahadur-thapa-badal

काठमाडौं, १४ जेठ । प्रतिनिधिसभाको सोमबारको बैठकमा एक अर्काबीच घोचपेच भएको छ । गृहमन्त्री रामबहादुर थापा, सत्तापक्ष र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुबीच घोचपेच भएको हो । पछिल्लो शान्ति सुरक्षाको स्थितिको बारेमा गृहमन्त्रीले जवाफ दिइसकेपछि जवाफ चित्त नबुझेको भन्दै कांग्रेस सांसदहरुले पुन: प्रश्न गरेका थिए ।

गृहमन्त्रीले आइतबारको घटनामा मृत्यु हुनेहरु सर्वसाधारण नागरिक नभएको र विप्लव नेतृत्वको माओवादी कार्यकर्ता नै भएको बताएपछि कांग्रेसका सांसदहरुले गृहमन्त्रीको विरोध गरेका थिए ।

‘ती सामान्य नागरिक होइनन् भन्ने नै भनाइ हो, ती घटना घटाउनेहरु हुन् भन्न खोजिएको हो’, गृहमन्त्रीले भन्नुभयो–दुई ठाउँकै घटनामा बम बनाउने क्रममा प्राविधिक त्रुटी भएकाले ज्यान गएको अहिलेसम्मको अनुसन्धानबाट पुष्टि भएको छ । ती व्यक्तिहरू गैह्र कानुनी र आपराधिक क्रियाकलापसँग सम्बन्धित नै थिए, त्यसैले हामी तिनीहरुलाई सामान्यतयाः जनता भन्दैनौ । ती सामान्य नागरिक होइनन्, त्यही रुपमा बुझ्न म अनुरोध गर्छु ।’  यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);