शंकास्पद गतिविधिमा संलग्न १५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

शंकास्पद गतिविधिमा संलग्न १५ जना पक्राउ

pakrau

काठमाडौं, १४ जेठ । नेकपा विप्लव समूहले आवह्वान गरेको नेपाल बन्दको क्रममा शंकास्पद गतिविधिमा संलग्न १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका मध्ये काठमाडौं महानगरपालिका ३२ नरेफाँटबाट ७ जना, ललितपुर एकान्तकुनाबाट ४ जना, रुकुम पश्‍चिम आठबिसकोट ४ छेडीबगरबाट १ जना, झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारीबाट १ जना र सुर्खेतको भेरीगंगा नगरपलिका १२ रत्नराजमार्गबाट २ लाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  यो समाचार आजको नेपाल समाचारपत्रमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);