जनकपुरको कल सेन्टरबाट २३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १९ २०८०, शनिबार

जनकपुरको कल सेन्टरबाट २३ जना पक्राउ

काठमाडौं, २१ चैत्र । नेपाल प्रहरीले अवैधरुपमा सञ्चालनमा रहेको कल सेन्टरबाट २३ जनालाई पक्राउ गरेको छ । जनकपुरको पिडारी चोक नजिक रहेको एक घरमा कल सेन्टर सञ्चालन गरेर शंकास्पद गतिविधि गरीरहेको सूचनाको आधारमा छापा मारेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ९ महिला र १४ जना पुरुष रहेका छन् । यद्यपी मुख्य सञ्चालक भने पक्राउ पर्न सकेका छैनन् । प्रहरीले छापा मार्दा ३० थान कम्प्युटरमा काम भइरहेको थियो । ९० थान कम्प्युटर, २ वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ ।

Leave a Reply