उपत्यकाका तीन जिल्लाबाट ९५ जना पक्राउ, सुरक्षा व्यवस्था कडा | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

काठमाडौं, ६ मंसिर । सरकारको निर्देशन लगत्तै काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट ९५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा शंकास्पद गतिविधिमा देखिएको, मापसे गरी झै–झगडामा संलग्न भएको, फरार सूचीमा रहेका लगायत छन्।

पछिल्लो समय शान्ति सुरक्षाको स्थिति मजबुत बनाउन विशेष सक्रिय हुँदै आएको प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट उनीहरुलाई हिजो मंगलबार नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार काठमाडौं जिल्लाबाट ७५ पुरुष र ३ महिला गरी जम्मा ७८ जना पक्राउ परेका छन्। त्यसैगरी ललितपुरबाट ७ पुरुष र ३ महिला गरी १० जना पक्राउ परेका छन्। भक्तपुरबाट ७ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।