सरकारद्वारा 'राष्ट्रिय तथ्यगत विवरण अनलाईन डाटा पोर्टल' संचालन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सरकारद्वारा ‘राष्ट्रिय तथ्यगत विवरण अनलाईन डाटा पोर्टल’ संचालन

rastriya tathgat bibaran

काठमाडौं, १५ बैशाख । सरकारले ‘राष्ट्रिय तथ्यगत विवरण अनलाईन डाटा पोर्टल’ पनि संचालनमा ल्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार सिंहदरबारमा आयोजित राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा ‘राष्ट्रिय तथ्यगत विवरण अनलाईन डाटा पोर्टल’ सेवाको को शुभारम्भ गरेका हुन् ।

राष्ट्रिय योजना आयोगका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीको निर्देशनमा केन्द्रिय तथ्यांक विभागले उक्त अनलाइन डाटा तयार पारेको हो । संघ, प्रदेश र स्थानीय तहको सबै डाटाहरु एकीकृत रुपमा अनलाईन सेवामार्फत् सर्वसाधारणलाई समेत जानकारी गराउने उद्देश्यका साथ उक्त अनलाईट पोर्टल संचालनमा ल्याइएको केन्द्रिय तथ्यांक विभागमा महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए ।

गत मंसीर २१ गते बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकमा प्रधानमन्त्री ओलीले तथ्यमा आधारित तथ्यांक संकलनका लागि आवश्यक पोर्टलको व्यवस्था गर्न निर्देशन दिएका थिए । सोही निर्देशन अनुसार सो अनलाईन पोर्टल संचालनमा ल्याइएको पनि केन्द्रिय तथ्यांक विभागका महानिर्देशक अर्यालले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);