नेपाल पत्रकार महासंघद्वारा प्रचण्डलाई १६ बुँदे ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल पत्रकार महासंघद्वारा प्रचण्डलाई १६ बुँदे ध्यानाकर्षण

काठमाडौं, १५ बैशाख । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता र प्रेस मैत्री कानुन निर्माण गर्न माग गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ ।

महासंघले आईतबार ललितपुरको खुमलटारस्थित दाहालको निवास पुगी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभुति सहितको व्यवस्था गरि कानुन निर्माण गर्न माग गर्दै १६ बुंँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

महासंघको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सरकार र आफ्नो पार्टी सधै प्रतिवद्ध रहेको बताए । प्रेसको सहयोग र साथ नभएको भए आफु अहिलेको अवस्थामा नआईपुग्ने भन्दै उनले महासंघले लोकतन्त्र प्राप्ति लगायत मुलुकका हरेक राजनीतिक परिर्वतनमा गरेको सहयोगको प्रसंसा गरे ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले लोकतन्त्रको आन्दोलनमा महासंघ संगसंगै भएका राजनीतिक दलबाट नै संचारक्षेत्रको आवाज बन्द गर्ने प्रयास भईरहेको भन्दै मुलुकका ठुला राजनीतिक परिवर्तनमा महासंघले खेलेको भुमिका नर्बिसिन अध्यक्ष दाहाललको ध्यानाकर्षण गराए ।

महासंघले अनलाईन सञ्चारमाध्यम सञ्चालन निर्देशिका २०७३ लाई सुशासन ऐन २०६४ भित्र राखिएकाले त्यसलाई सो ऐन मातहत नराखि अन्य संञ्चार माध्यमलाई दिईएको सुविधा र स्वतन्त्रता प्राप्त हुने गरी कानून निर्माण गर्न पनि माग गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);