प्रधानमन्त्री भन्छन्-अदालतको आदेशले विकास निर्माणको काम अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रधानमन्त्री भन्छन्-अदालतको आदेशले विकास निर्माणको काम अवरुद्ध

काठमाडौं, १५ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको स्थगन आदेशले पनि विकास निर्माणको कामलाई अवरुद्ध पारिरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले अदालतमा मुद्धा परेपछि स्थगन आदेश दिँदा विकास आयोजनाको जनशक्ति र निर्माण यन्त्रहरुमा पर्न गएको लगानीले राज्यलाई गम्भिर क्षति भईरहेको बताए ।

आईतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगको पूर्ण बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले मुलुक नयाँ प्रणालीमा गएकाले पनि विकास निर्माणको कामले अपेक्षा गरे अनुसार गति लिन नसकेको बताए ।

प्रधानमन्त्री ओलीले विकास, निर्माणको कामलाई तीव्रता दिन आवश्यक कानुनहरुको संशोधन गर्नुपर्ने स्पष्ट पारे । उनले विकास, निर्माणको कामलाई गति दिन पूराना संरचनाहरुमा सुधार गर्न जरुरी रहेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);