मुक्त हलिया पुर्नस्थापनाको नाममा करोडौं भ्रष्टाचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

मुक्त हलिया पुर्नस्थापनाको नाममा करोडौं भ्रष्टाचार

malpot karyalaya

विमल जैरु
डडेल्धुरा, ८ साउन
। डडेल्धुरामा मुक्त हलिया पुर्नस्थापनाका नाममा आएको रकममा अनियमितता भएको खुलासा भएको छ । मुक्त हलियाहरुले मालपोतका कर्मचारीले आफूहरुसँग घुस लिएको आरोप लगाउँदै जिल्ला प्रशासनमा उजुरी दिएका छन् ।

मुक्त हलियाका लागि जिल्ला मालपोत कार्यालय डडेल्धुरा मार्फत आएको २३ करोड मध्ये ३ करोड ३८ लाख रुपैयाँ अनियमितता भएको तथ्य बाहिर आएको छ । मालपोत कार्यालयका कर्मचारीले घुस लिएको आरोप लगाउँदै पीडितहरुले जिल्ला प्रशासनमा उजुरी दिएका छन् । उता कर्मचारीहरुले भने आफूहरुले हलियासँग रकम नलिएको प्रतिक्रिया दिएका छन् ।

जिल्ला मालपोत कार्यालयका लेखापाल दिल बहादुर ऐर,कार्यालय सुपर भाइजर मानबहादुर विक र मुक्त हलिया महासंघ डडेल्धुराका अध्यक्ष तुलाराम सार्की विरुद्ध उजुरी परेको हो । उजुरी परेपछि प्रशासनले छानबिनका लागि अख्तियारलाई पत्रचार गरेको छ ।

बास्तविक हलियाले राहत नपाएको र पुर्नस्थापनाका नाममा आएको रकममा अनियमितता भएको भन्दै पीडितहरुले छानबिन गर्न माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);