उद्योगमा छापा हानेर धम्क्याउने ४ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

उद्योगमा छापा हानेर धम्क्याउने ४ जना पक्राउ

pakrau

कपिलवस्तु , ८ साउन । कपिलवस्तु प्रहरीले उद्योगमा छापा हानेर धम्क्याउने ४ जनालाई पक्राउ गरेको छ ।

कृष्णनगर नगरपालिका ८ बहादुरगंज स्थित नेपाल इण्डो फ्याक्ट्रीमा छापा हानेर धम्क्याउने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्थानीय महेश पासवान, राकेशमणी त्रिपाठी , शशिकान्त कहाँर र सुदामा यादव रहेका छन् । उद्योग संचालक अभय रानालाई धम्क्याएको र प्रहरीलाई अश्लिल शव्द प्रयोग गरेकाले उनीहरुलाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरिक्षक मनोज यादवले जानकारी दिए ।

पक्राउ परेका सुदामा कांग्रेसबाट निर्वाचित भएका सांसद अभिषेकप्रताप शाहको गाडी चालक हुन् । प्रहरीले घटनामा प्रयोग भएको सांसाद शाहको भारतीय नम्बर प्लेटको गाडी समेत नियन्त्रणमा लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);