सांसद शाहलाई पक्राउ गर्न जिल्ला अदालतको अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सांसद शाहलाई पक्राउ गर्न जिल्ला अदालतको अनुमति

pratap shah

कपिलवस्तु , १८ पुस । कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सांसद अभिषेकप्रताप शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुले प्रहरीलाई अनुमति दिएको छ । गत पुस ५ गते श्याम मिश्रामाथि कृष्णनगरस्थित शाहको घरमा कुटपिट भएको भन्ने उजुरी मिश्राले प्रहरीमा दिएका थिए ।

अदालतमा प्रहरीले शाहलाई ज्यान मार्ने उद्योगमा मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न पाउँ भन्दै अनुमति मागेको थियो । प्रहरीले अदालतसंग अनुमति मागेपछि जिल्ला दलालतले शाहलाई पक्राउ गर्न अनुमति दिएको जनाइएको छ ।

मिश्रा गत स्थानीय निर्वाचनमा राप्रपाबाट कृष्णनगर नगरपालिका प्रमुखमा उम्मेदवार बनेका थिए ।मिश्राले सांसद शाह र उनका सवारी चालकले आफूलाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोपमा निवेदन दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);