सुनकाण्डमा किन मुछियो ठमेलको केटीबी रेष्टुरेन्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

सुनकाण्डमा किन मुछियो ठमेलको केटीबी रेष्टुरेन्ट

काठमाडौं, ३२ साउन । त्रिभुवन विमानस्थलबाट बाहिरिएको अवस्थामा समातिएको ६० किलो सुन प्रकरणमा केटीबी रेष्टुेन्ट पनि मुछिएको छ ।

काठमाडौंको ठमेलस्थित होटल भियाना नजिकै रहेको केटीबी काराओके रेष्टुरेन्टका सञ्चालक पनि यस अघि नै पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय ब्युरो (सीआइबी)ले सोही प्रकरणमा रेष्टुरेन्टका २ सञ्चालकलाई पक्राउ गरेको हो ।

मंगलबार साझ सीआइबीको टोलीले पाटनस्थित डाउन टाउन अपार्टमेन्टमा छापा हानेर चिनियाँ नागरिकहरु ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये २ जना तियान मी र वीन तोङ रेष्टुरेन्ट सञ्चालक रहेको बुझिएको छ ।

केही दिन अघि होटल भियानामा पनि छापा मारेको थियो । होटल भियानाबाट राजस्व अनुसन्धान विभागले केही कागजात र सामाग्रीहरु पनि बरामद गरेको छ । होटलका सञ्चालक दावा छिरिङ यसअघि नै पक्राउ परिसकेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);