डडेल्धुराको मुक्तहलिया पुर्नस्थापनाका लागि बिनियोजित रकम हिनामिना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

डडेल्धुराको मुक्तहलिया पुर्नस्थापनाका लागि बिनियोजित रकम हिनामिना

money

डडेल्धुरा, २३ साउन । डडेल्धुरामा मुक्तहलिया पुर्नस्थापना कार्यक्रम अन्तर्गत सरकारले उपलब्ध गराएको रकम हिनामिना भएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद चक्रप्रसाद स्नेहीले डडेल्धुरा मालपोत कार्यालयका सहायक दानबहादुर बिक, लेखापाल दिलबहादुर ऐर र मुक्त हलियाका जिल्ला अध्यक्ष तुलाराम सार्कीले हलिया पुर्नस्थापना कार्यक्रम अन्र्तगतको रकम हिनामिना गरको दाबी गरे । हलियालाई उपलब्ध गराईएको रकमबाट प्रतिव्यक्ति २० हजारका दरले ३ करोड ३८ लाख रुपैयाँ घुस लिएको प्रमाणित भईसकेको भन्दै उनँले उनीहरुलाई कडा काबार्ही गर्न सरकारको ध्यानाकर्षण गराए ।

डडेलधुरामा १ हजार ५ सय ५८ जना हलिया पुर्नस्थापित भईसकेका छन् भने २ हजार ५ सय ५१ जना हलिया सरकारको हलिया पुर्नस्थापित कार्यक्रम अन्र्तगत सेवा लिने क्रममा छन् । हलिया पुर्नस्थापित कार्यक्रम अन्र्तगत सरकारले घर निर्माणका लागि ३ लाख २५ हजार, मर्मतका लागि १ लाख २५ हजार र जमिन खरिदका लागि २ लाख रुपैयाँ जिल्ला मालपोत कार्यालयमार्फत उपलब्ध गराउदै आएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);