बाढी पीडितको नाममा आएको रकममा पनि कमिसन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाढी पीडितको नाममा आएको रकममा पनि कमिसन

badi padit

सुरेन्द्र भण्डारी,
झापा, ४ जेठ । कचनकवल गाउँपालिकाका बाढी पीडितहरुले जनप्रतिनिधि र कर्मचारीले बाढी पीडितको नाममा आएको रकममा कमिसन लिएको आरोप लगाएका छन् । प्रति परिवार १० हजारको दरले कमिसन लिएको आरोप लगाउँदै उनीहरुले कारबाहीको माग गरेका छन् ।

दक्षिणी झापाका बाढी पीडितहरुले जनप्रतिनिधि र कर्मचारीले पीडितको नाममा आएको रकमबाट कमिसन लिएको आरोप लगाएका हुन् । प्रति परिवार १० हजारको दरले कमिसन लिएको आरोप लगाउँदै उनीहरुले कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् । झापाको कचनकवल गाउँपालिका १ स्थित वडा कार्यालयका वडाध्यक्ष लक्ष्मीनारायण यादव र घरधुरी सङ्कलन गर्न गएका कर्मचारी पञ्च राजवंशी र शर्मिला राजवंशीले बाढीपीडित परिवारबाट १० हजारका दरले कमिसन लिएको भन्दै पीडितहरुले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी दिएका छन् ।

बाढी र डुबानबाट पीडित भएका परिवारलाई न्यानो कपडाका लागि १० हजार र घर मर्मतका लागि १५ हजार गरी २५ हजारको दरले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको बजेटबाट गृह मन्त्रलायमार्फ जिल्ला प्रशासन कार्यालय झापाले कचनकवल गाउँपालिकाका १ सय ४७ घरपरिवारका लागि ३६ लाख ७५ हजार पठाएको थियो । गाउँपालिकाले बाढी पीडितलाई सही छाप गराउँदै २५ हजारको दरले रकम वितरण ग¥यो । तर, रकम पाए लगतै जनप्रतिनिधि र कर्मचारीले १० हजारको दरले रकम लिएको पीडितहरुले आरोप लगाएका छन् ।

सोही गाउँपालिकाका अन्य वडा सदस्यले पनि वडा अध्यक्ष र कर्मचारीले नियम विपरित काम गरेको आरोप लगाएका छन् । पीडितहरुको समस्या समाधानका लागि बैठक बोलाउन आग्रह गरेपनि वडा अध्यक्षले नमानेको उनीहरुको आरोप छ । यता प्रमुख जिल्ला अधिकारी दाहालले वडा अध्यक्ष र कर्मचारीलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

वडाध्यक्ष यादव र कर्मचारीले भने आफूहरुले कमिनि नदिएको दाबी गर्दै फसाउन खोजिएको बताएका छन् । जनप्रतिनिधि र कर्मचारीले भ्रष्टचार गरेको आरोप लगाउँदै पीडितहरुले कारबाही गर्न माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);