गाउँपालिका अध्यक्षको गाडीबाट ८ लाख नगद बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गाउँपालिका अध्यक्षको गाडीबाट ८ लाख नगद बरामद

कैलाश दास
धनुषा, १८ फागुन ।
धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत चढेको गाडीबाट ८ लाख रुपैँया अख्तियार अनुसन्धान आयोगले बरामद गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालको टोलीलाई हेरेपछि अध्यक्ष राउत फरार भएका थिए भने गाडी चालक वीर बहादुर मगरलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

गाउँपालिका अन्तर्गतको विकासे योजनाको कामको भुक्तानी दिन उक्त रकम कमिसन लिएको अवस्थामा अख्तियारको टोली उनलाई पछ्याउँदै आएका थिए ।

यता केही स्थानीयहरुले गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरी गरेका छन् ।

विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ता सहित, नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले भ्रष्ट अध्यक्षलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकामा तालबन्दी गरेका हुन् ।

बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले व्यापक कमिसन लिएको आरोप लगाउँदै उनीहरुले हरेक विकासे योजनाको फाइल नियन्त्रणमा लिई अख्तियारलाई थप अनुसन्धान गर्न समेत माग गरेका छन् ।

एउटै योजनाको अन्तिम भुक्तानमीमा मात्र ८ लाख रुपैँया बढी कमिसन लिएको आरोप लगाउँदै तालाबन्दी गरेका युवाहरुले सबै योजनामा ठेकेदार, उपभोक्ता समिति तथा कर्मचारीलाई थर्काउँदै व्यापक कमिसन अशुल गरेको आरोप लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);