काठमाडौंमा आजदेखि गरिब गणना सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौंमा आजदेखि गरिब गणना सुरु

काठमाडौं,२५ चैत्र । काठमाडौं महानगरपालिका भित्र गरिब घरपरिवार गणना आजदेखि सुरु भएको छ । गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराउने सरकारको नीति अनुसार काठमाडौं महानगरपालिका भित्रका गरिब घरपरिवार गणना गर्न थालिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सरकारले ४९ जिल्लामा गरिब घरपरिवारको परिचयपत्र बाँडिसकेको छ भने १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ । काठमाडौं महानगर बाहेक बाँकी १३ जिल्लाका सबै पालिकामा गरिब घरपरिवारको गणना सम्पन्न भइसकेको छ । काठमाडौं महानगरपालिकाभित्र गणना सकिएपछि देशभर नै गरिब परिवारको गणना सम्पन्न हुने छ ।

तथ्यांक प्रोसेसिङको काम भने मन्त्रालयले गर्ने छ । त्यसपछि गरिब घरपरिवारको परिचयपत्र वितरण गरिने छ । उत्त परिचयपत्रको आधारमा उनीहरुले सरकारबाट पाउने सेवा सुविधा पाउँने छन् । काठमाडौं महानगरपालिकाभित्र गरिब पहिचान गर्न २०९ जना गणक र २१ जना सुपरिवेक्षक खटिएका छन् । सबैभन्दा धेरै गणक वडा नं. १६ र ३२ मा २१/२१ जना खटाइएको छ ।

त्यसका लागि गत मंगलबारदेखि चार दिनसम्म उनीहरुलाई महानगरपालिकाले तालिमसमेत दिएको थियो । गरिब तथ्याङ्क संकलनको काम २०७० मा २३ वटा जिल्लाबाट सुरु गरिएको थियो । हरेक ५ वर्षमा गरिब परिचय पत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था भएपनि अहिलेसम्म कसैको पनि नवीकरण गरिएको छैन । Photo: google.com

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);