चीनको प्रभाव रोक्न गरिब तथा अल्पविकसित मुलुकहरुलाई पूर्वाधार विस्तारमा सघाउने जि–सेभेन बैठकमा सहमति | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

चीनको प्रभाव रोक्न गरिब तथा अल्पविकसित मुलुकहरुलाई पूर्वाधार विस्तारमा सघाउने जि–सेभेन बैठकमा सहमति

एजेन्सी । विश्वका धनी तथा औद्योगिक राष्ट्रहरुको समूह जि–सेभेनले गरिब देशहरुमा भौतिक पूर्वाधार विस्तारमा लगानी बढाउने विषयमा सहमति गरेको छ ।

विश्वभर बढ्दै गएको चीनको प्रभाव रोक्न गरिब तथा अल्पविकसित मुलुकहरुलाई पूर्वाधार विस्तारमा सघाउने योजना अनुसार बेलायतको कोर्नवेलमा सम्पन्न जि सेभेनको शिखर बैठकले सहमति जुटाएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सारेको यो प्रस्तावलाई जि सेभेनले ‘बि–थ्रि–डब्लु’ अर्थात ‘ब्युल्ड ब्याक बेटर वल्र्ड’ नाम दिएको छ । जि सेभेनको ‘बि–थ्रि–डब्लु’ प्रस्तावलाई चीनको महत्वकांक्षी ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बि.आर.आई. को विकल्पको रुपमा हेरिएको बताइएको छ ।

बिआरआई मार्फत चीनले गरिब मुलुकहरलाई थेग्नै नसक्ने ऋणको भार बोकाएको जि सेभेनको ठम्याई छ । चीनको प्रभाव रोक्ने विषयमा सहमत भएपनि गरिब देहरुलाई कसरी सहयोग गर्ने भन्नेबारे ठोस निर्णय भने हुन नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);