प्रमुख विश्वव्यापी चुनौतीहरूमा जि–२० का नेताहरूको सहमति | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

प्रमुख विश्वव्यापी चुनौतीहरूमा जि–२० का नेताहरूको सहमति

एजेन्सी । जि–२० का नेताहरूले घोषणापत्रमा प्रमुख विश्वव्यापी चुनौतीहरूमा सहमति जनाएका छन् । २० औं समूह २० (जि–२०) शिखर सम्मेलनमा विश्व नेताहरूले जि–२० दक्षिण अफ्रिका शिखर सम्मेलनको नेताहरूको घोषणापत्र अपनाएपछि विपद् लचिलोपन, ऋण दिगोपन, न्यायपूर्ण ऊर्जा संक्रमण र महत्वपूर्ण खनिजहरूमा व्यापक सहमति जनाएका हुन् ।

अफ्रिकामा पहिलो पटक आयोजना गरिएको शिखर सम्मेलनको उद्घाटनमा घोषणापत्र अपनाउने घोषणा गरिएको थियो । दुई दिने भेला एकता, समानता र दिगोपन भन्ने विषयवस्तु अन्तर्गत जोहानेसबर्गमा आयोजना भएको थियो । उनीहरूले एकीकृत जन–केन्द्रित दृष्टिकोणहरूको लागि आह्वान गरेका छन् ।

विशेष गरी कमजोर साना टापु विकासशील राज्यहरू र कम विकसित देशहरूका लागि सुदृढ विपद् लचिलोपन र प्रतिक्रियाको आवश्यकतालाई प्राथमिकता दिएका छन् । ऊर्जा पहुँच र संक्रमण पनि प्रमुख रूपमा प्रश्तुत गरिएको छ । घोषणापत्रले ६० करोडभन्दा बढी अफ्रिकीहरूलाई बिजुलीमा पहुँच छैन भन्नेकुरा उल्लेख गर्दै स्पष्ट असमानताहरूलाई जोड दिएको छ ।

नेताहरूले २०३० सम्ममा विश्वव्यापी नवीकरणीय क्षमतालाई तीन गुणा बढाउने र ऊर्जा–दक्षता सुधारलाई दोब्बर बनाउने प्रयासलाई समर्थन गरेका छन् । राष्ट्रिय परिस्थिति अनुरूप विकासशील देशहरूका लागि स्केल–अप लगानी परिचालन गर्ने र कम लागतको वित्तपोषणलाई सहज बनाउने जरुरीतामा जोड दिएका छन् ।

Leave a Reply