बाली। इन्डोनेसियाका राष्ट्रपति जोको विडोेले विश्वलाई ‘युद्ध अन्त्य गर्न’ र ‘व्यापक मतभेद’ लाई कम गर्न आह्वान गरेका छन् । बालीमा भएको जी २० शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो आह्वान गरेका हुन् । युक्रेनमा रुसी हमलालाई लिएर भड्किएको असहमति बीच भूराजनीतिक तनावलाई बढाएको छ र खाद्यान्न र विश्वव्यापी रूपमा ऊर्जा मूल्य बढेको छ। जी २० सम्मेलन आयोजना गर्न पाउनु इन्डोनेसियाका लागि सम्मानको कुरा भएको बताउदै जोकोवीसमेत भनेर चिनिने विडोडोले भने, ‘यहाँ जिम्मेवार हुनुको अर्थ हामीले युद्ध अन्त्य गर्नुपर्छ । यदि युद्ध समाप्त भएन भने संसारलाई अगाडि बढ्न गाह्रो हुनेछ ।’
जी २० समूहहरू १९ देश र युरोपियन युनियनले रुसलगायत विश्वका २० ठूला अर्थतन्त्रहरूको प्रतिनिधित्व गर्छन् । यसले विश्वको कुल गार्हस्थ्य उत्पादनको ८० प्रतिशतभन्दा बढी र यसको जनसंख्याको ६० प्रतिशत हिस्सा ओगटेको छ।




