बाजुराका वास्तविक गरिबले पाएनन् परिचय पत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बाजुराका वास्तविक गरिबले पाएनन् परिचय पत्र

garib parichayapatra

मदन वि.क
बाजुरा, २० भदौ । बाजुरा जिल्लाका ९ वटा स्थानीय तहमध्ये ४ नगरपालिका सहित ५ गाउँपालिकामा गरिवका लागि परिचय पत्र वितरण गर्न टोलि खटिएको छ । प्रत्येक स्थानीय तहबाट ३ जना कर्मचारी सहित २७ जनाको टोलीले परिचय पत्र वितरण गरिरहेको छ ।

गरिब घरधुरी परिचय पत्र, जिल्लाका हुने खाने र धनी व्यक्तिहरुसमेत अति गरिबको सुचिमा परेपछि स्थानीयहरु वास्तविक गरिब घरधुरी पहिचान पत्र पाउनबाट बन्चित भएका हुन् । गरिब घर परिचय पत्र वितरण हुँदा गरिब परिवारले भन्दा पनि हुनेखानेकैले पाउने गरेको बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए ।

बाजुरामा कर्मचारी, ठेकेदार व्यापारी, राजनीतिक दलका नेता र शिक्षकहरुसम्मले गरिवको परिचयपत्र बनाएको पाइएको छ । अति गरीब, मध्यम र सीमान्तकृत गरेर ३ समूहमा गरिव परिवारको वर्गीकरण गरिएको छ । बर्गीकरण बमोजिम अति गरीबका लागि निःशुल्क स्वास्थ्य सुविधासहित कर छुट, सामाजिक सुरक्षाभत्ता लगायतको व्यवस्था मिलाईएको छ ।

बडिमालिका नगरपालिकामा १ हजार २ सय ८७, बुढीगंगा नगरपालिका २ हजार २९, त्रिवेणी नगरपालिका १ हजार ८ सय ६४, बुढीनन्दा नगरपालिकामा २ हजार १७ जना गरि नगरपालिमा ७ हजार १ सय ९७ जना रहेका छन् ।

त्यस्तै गाउँपालिका तर्फ गौमुल ४ सय ४७, खप्तड छेडेदह १ हजार ९ सय ६९, हिमाली, १ हजार २ सय ६५, स्वामीकार्तिक खापर १ हजार ६ सय ३८ र जगन्नाथ गाउँपालिकामा गरि जम्मा ६ हजार ४ सय गरिब घरधुरी पहिचान भएका छन् । गरिव घरपरिवार परिचय पत्र वितरण गर्दा सम्पन्न व्यक्तिहरुलाई उपलब्ध गराइएको भन्दै स्थानीयहरुले गुनासो गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);