बाल्टिनको पानीमा डुबी बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाल्टिनको पानीमा डुबी बालकको मृत्यु

balak duber death

भक्तपुर, २० भदौ । भक्तपुरको चाँगुनारायण नगरपालिका ३ झौखेलमा मंगलबार पानी भरिएको बाल्टिनमा डुबी दुई वर्षीय एक बालकको मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिन्धुपाल्चोक बार्‍हबीसे घर भएर अहिले झौखेलमा डेरा गरी बस्ने देवेन्द्र श्रेष्ठका दुई वर्षीय छोरा प्रत्युश श्रेष्ठको ज्यान गएको हो। परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलका अनुसार डेरा कोठाको आँगनमा खेल्दै गर्दा प्रत्युश अकस्मात पानी भरिएको बाल्टिनमा डुब्न पुगेका थिए।

पानी भरिएको बाल्टिनमा डुबेर बेहोस अवस्थामा अभिभावकले फेला पारी उपचारको लागि तत्काल भक्तपुर अस्पताल पुर्‍याइएको प्रहरी नायब उपरीक्षक पोखरेलले जानकारी दिए। तर उपचारकै क्रममा सम्बन्धित चिकित्सकले प्रत्युशको मृत्यु भएको घोषणा गरेको उनले बताए।

लास पोस्टमार्टमको लागि प्रत्युशको शव भक्तपुर अस्पतालमै राखिएको छ। घटनास्थलमा परिसरबाट प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य गरिएको उनले जानकारी दिए। घटनाबारे थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ। आजको अन्नपुर्णपोष्टमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);