प्युठानमा जीप दुर्घटना हुँदा नौ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्युठानमा जीप दुर्घटना हुँदा नौ जना घाइते

दाङ । प्युठानमा जीप दुर्घटनामा हुँदा नौ जना घाइते भएका छन् । आइतबार साझ ५ बजे बागदुलाबाट डामृतर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जीप प्युठानको नौबहिनी गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । गाडी सडकबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीपमा ११ जना सवार थिए । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);