बागलुङमा जीप दुर्घटनामा परी १४ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बागलुङमा जीप दुर्घटनामा परी १४ जना घाइते

jeep accident

बागलुङ, ३ साउन । बागलुङमा जीप दुर्घटनामा परी १४ जना घाइते भएका छन् ।

बागलुङ बजारबाट बुर्तिबाङका लागि छुटेको ध १ ज १४९ नम्बरको जीप गलकोट नगरपालिका–११ स्थित रिघामा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका हुन् । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गको नालीमा पल्टिएर जीप दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी नायब निरीक्षक मनबहादुर विकले बताए ।

दुर्घटनामा परी नेपाल पत्रकार महासंघका निवर्तमान महासचिव उजिर मगर, बडीगाड गाउँपालिकाकी संगीता पुन र दिलेन्द्र बुढामगर तथा गलकोट नगरपालिका–१० का दीपक पुन गम्भीर घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएका कारण पोखराको मणिपाल शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अन्य चार घाइतेलाई पनि थप उपचारका लागि पोखरा पठाइएको छ । क्षमताभन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रित भई जीप दुर्घटना भएको अनुमान गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);