डोटीमा जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु ७ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

साउन २१ , काठमाण्डौँ । दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप गएराति डोटीमा दुर्घटना हुँदा चालक कृष्ण नेगीसहित ९ जनाको मृत्यु भएको हो ।

बोगटान गाउँपालिका–६ स्थित गगुडामा भएको दुर्घटनामा परी मृत्यु हुनेमा बोगटान गाउँपालिका–१ को सिमचौरका ३५ वर्षिय विष्णुबहादुर मगर, ५० वर्षिय बुढो घर्ती मगर, ४५ वर्षिय गोरखबहादुर थापा मगर, ४५ वर्षिय ललितादेवी पुन मगर र ४८ वर्षिय शशिराम पुन मगर रहेको प्रहरीले जनाएको छ । सिमचौरकै ४० वर्षिय टेकबहादुर पुन मगर, ३० वर्षिय चन्द्रबहादुर घर्ती मगर र ५५ वर्षिय भीमबहादुर घर्ती मगरको पनि मृत्यु भएको छ ।

दुर्घटनामा परी तीनजना गम्भीर घाइते भएका छन् । थप चारजना सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले निरन्तर पानी परेको र सडक कच्ची भएका कारण दुर्घटना भएको हुनसक्ने बताउनुभयो । जीप कच्ची सडकबाट झण्डै साढे चार सय मिटर तल खसेको थियो ।