तालबजारनजिकै जीप दुर्घटना, एक विदेशी पर्यटकको मृत्यु, ११ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

लमजुङ, २३ असोज । बेसीशहर चामे सडक अन्र्तगत मनाङको तालबजारनजिकै जीप दुर्घटना हुँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ।

मृत्यु हुनेमा अन्नपूर्ण पदमार्ग घुम्न आएका इजरायली नागरिक भेरिड यल्सर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी चालक सहित १२ जना घाइते भएका छन्।

आइतबार साँझ लमजुङ सदरमुकाम बेसीशहरबाट मनाङतर्फ जाँदै गरेको ग १ ज ६०३४ नम्वरको जीप मनाङको नासोङ गाँउपालिकाअन्तर्गत ताल भन्ने स्थानमा दुर्घटना भएको थियो।

तालबजार जाने बाटोको घुम्तीमा टर्निङ नपुग्दा जीप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);