बेलायतमा ३९ जना चिनियाँ नागरिक मृत भेटिएको घटनामा लरी चालकमाथि हत्या अभियोग दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बेलायतमा ३९ जना चिनियाँ नागरिक मृत भेटिएको घटनामा लरी चालकमाथि हत्या अभियोग दर्ता

lari chalak

एजेन्सी, १० कात्तिक । बेलायतको एसेक्स शहरमा एउटा लरी कन्टेनरमा ३९ जना चिनियाँ मृत भेटिएको घटनामा प्रहरीले सोही लरी चालकमाथि हत्या अभियोग दर्ता गरेको छ । लरी चालक उत्तरी आयरल्याण्डका २५ वर्षीय मोरिस रोबिन्सन विरुद्ध हत्या आरोपमा मुद्दा दायर गरिएको हो ।

उनलाई लरी भेटिएको ग्रेस्को औद्यौगिक क्षेत्रबाट शव फेला परेको केही समयपछि पक्राउ गरिएको जनाइएको छ । हत्या आरोपित रोबिन्सनलाई सोमवार अदालतमा पेश गर्ने तयारी गरिएको छ । राबिन्समाथि ३९ जनाको हत्या गरेको, ट्राफिकका लागि षडयन्त्र गरेको र गैरकानूनी आप्रवासनमा सहयोग गरेको आरोप लगाइएको छ । बेलायत प्रहरीले अनुसन्धानका क्रममा अन्य थप तीन जनालाई पक्राउ गरेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन । बेलायती अधिकारीहरुले मृतक चिनियाँ मूलका नागरिकको शनाखत गर्न सकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);