आईएस प्रमुख बग्दादी मारिएको ट्रम्पको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आईएस प्रमुख बग्दादी मारिएको ट्रम्पको दाबी

abu bakar baghdadi dead

एजेन्सी, ११ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकबादी संगठन इस्लामिक स्टेट आईएसका नाइके अबु बकर अल बग्दादीको मृत्यु भएको दावी गरेका छन् । उत्तर–पश्चिम सिरियामा अमेरिकी सेनाले गरेको कारबाहीका क्रममा आईएसका नेता बग्दादीले आफैलाइ विस्फोट गराएर आत्महत्या गरेको राष्ट्रपति ट्रम्पले दावी गरेको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाले नियन्त्रणमा लिने प्रयासमा सैनिक कुकुरले लखेटेपछि बग्दादीले शरिरमा भएको विस्फोटक विस्फोट गराएर आत्महत्या गरेको बताएका हुन् । विस्फोट स्थलको नमुनाको डि.एन.ए परिक्षणपछि बग्दादीको मृत्यु पुष्टि भएको राष्ट्रपति ट्रम्पको भनाइ छ ।

अमेरीकाको पक्राउ सूचिमा सबैभन्दा माथि रहेका बग्दादी पछिल्ला ५ वर्षदेखि ‘भूमिगत’ थिए । पछिल्लो समय सन् २०१४ मा बग्दादीको एक भिडियो सार्वजनिक भएको थियो । जस्मा उनी इराकको मोसुलस्थित एक मस्जिदमा देखिएका छन् ।

यसअघि पनि थुप्रैपटक बग्दादी सैनिक कारबाहीको निशाना बनेको खबरहरु सार्वजनिक भएका थिए ।

सन् २०१८ को फेब्रेअरीमा अमेरिकी अधिकारीहरुले सन् २०१७ को मे महिनामा भएको सैनिक कारबाहीमा परेर बग्दादी घाइते भएका दाबी समेत गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);