इजरायलद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इजरायलद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौ, २ असार । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि इजरायल सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

नेपालका लागि इजरायलका राजदूत बेनी ओमेरले कोरोना रोकथामका लागि पीपीई सेट, थर्मोमिटर, पन्जा, सर्जिकल मास्क, स्यानिटाइजर, सोडियम डिसइन्फेक्टेड लगायतका सामग्री उपलब्ध गराउनुभएको छ । राजदूत ओमेरले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्रीहरु उपलब्ध गराउनुभएको हो ।

सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री ढकालले महामारीको चपेटामा रहेको बेला इजरायल सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपालका लागि महत्वपूर्ण हुने बताउनुभयो ।

इजरायल सरकारले पीपीई सेट ५० थान, पीपीई बडि कभर ५ सय थान, थर्मोमिटर ५० थान, पन्जा १ सय ३० थान, स्यानिटाइजर ५ लिटरको ४० जार, स्यानिटाइजर ५ सय एमएल २ सय ३० बोतल, सोडियम डिसइन्फेक्टेड १ सय जार, पन्जा ५ सय थान, सर्जिकल मास्क ५ सय थान र अन्य मास्क ४ हजार थान सहयोग रुवरुप उपलब्ध गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);