कक्षा १० को परीक्षा चैत्र र १२ को वैशाखमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कक्षा १० को परीक्षा चैत्र र १२ को वैशाखमा

काठमाडौं, १४ असोज । राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत्रको पहिलो साता गर्ने भएको छ ।

त्यसैगरी बोर्डले १२ कक्षाको वैशाख दोस्रो साता गर्ने गरी वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो ।

बोर्डको उच्च शिक्षाको राष्ट्रिय शैक्षिक क्यालेन्डरसम्बन्धि प्रतिवेदन कार्यान्वयन गर्न क्यालेन्डर सार्वजनिक गरेको हो ।

कक्षा १० को प्रश्नपत्र छपाइबाहेक सबै अधिकार प्रदेश सरकारलाई दिने गरी क्यालेन्डर तयार गरेको हो ।

चैत्र मसान्तसम्म प्राप्ताङ्क इन्ट्री र रुजु गर्ने, जेठभित्र उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण सञ्चालन गर्ने कार्यातालिकामा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);