एसईईको नतिजा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एसईईको नतिजा सार्वजनिक

काठमाडौं, ९ असार । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक भएकाे छ ।

एसईईको रिजल्ट शनिबार ४ बजे प्रकाशन हुने भनिएको थियो । त्यसका लागि ३ बजे नै बोर्ड बैठक डाकेको राष्ट्रिय परीक्षा बोर्डले केही बेरअघि एसईईको रिजल्ट सार्वजनिक गरेको हो ।

यस वर्ष नियमित तथा एक्जाम्टेट समूहको साधारण धारतर्फ (संस्कृतसहित) ४७६८५२ जना र प्राविधिक धारतर्फबाट ८७३४ गरी जम्मा ४८५५६८ जना परीक्षार्थीहरूले परीक्षा फारम भरेकाे परीक्षा बोर्डले जनाएकाे छ । जसमध्ये २१८९७ जना अनुपस्थित रहेकाले ४६३६८९ जना परीक्षार्थी परीक्षामा सामेल भएका थिए ।

एसर्इर्इको नतिजा नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np, शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ।

राष्ट्रिय परीक्षा बोर्डले दक्ष जनशक्तिको अभावले परीक्षाको नतिजा सार्वजनिक गर्न ढिलाइ भएको बताएको छ । डाटा व्यवस्थापनमा काम गर्ने गत वर्षका इन्जिनियरको सरुवा भएपछि नयाँ इन्जिनियरले छिटो छरितो काम गर्न नसक्दा रिजल्ट सार्वजनिक गर्न ढिलाई भएको बोर्डले बताएको छ ।

यसअघि परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजे पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक हुने बताएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);