एसईईको नतिजा आउन किन भयो ढिलाई ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एसईईको नतिजा आउन किन भयो ढिलाई ?

काठमाडौं, ९ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई)को रिजल्ट शनिबार ४ बजे प्रकाशन हुने भनिएको थियो । त्यसका लागि ३ बजे नै बोर्ड बैठक डाकेको राष्ट्रिय परीक्षा बोर्डले अझै एसइइको रिजल्ट सार्वजनिक गर्न सकेको छैन ।

राष्ट्रिय परीक्षा बोर्डले दक्ष जनशक्तिको अभावले परीक्षाको नतिजा सार्वजनिक गर्न ढिलाइ भएको बताएको छ । डाटा व्यवस्थापनमा काम गर्ने गत वर्षका इन्जिनियरको सरुवा भएपछि नयाँ इन्जिनियरले छिटो-छरितो काम गर्न नसक्दा रिजल्ट सार्वजनिक गर्न ढिलाई भएको बोर्डले बताएको छ ।

यस अघि परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले शनिबार ४ बजे पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक हुने बताएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);