शैक्षिक सत्र जोगाउने उत्कृष्ट विकल्प खोजी गर्न मन्त्री पोखरेलको आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

शैक्षिक सत्र जोगाउने उत्कृष्ट विकल्प खोजी गर्न मन्त्री पोखरेलको आग्रह

girirajmani pokhrel

काठमाडौं, २९ साउन । बुधबार पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठक बसेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठक बसेको हो ।

बैठकमा मन्त्री पोखरेलले कोभिड–१९ को कारण क्षति भएको शैक्षिक सत्रका बारेमा सबै विकल्पहरुको बारेमा गृहकार्य गरी तत्काल रिपोर्ट दिन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिनु भएको छ । उहाँले कोरोना संक्रमित देशहरूले कसरी शिक्षालाई अघि बढाएका भन्ने विषयमा अध्ययन गरी विकल्पसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री पोखरेलले अनलाइन शिक्षालाई नै थप प्रभावकारी बनाएर निरन्तरता दिनुपर्ने बारे समेत अध्ययन गर्न निर्देशन दिनुभएको छ । उहाँले यसबारे तत्काल कदम नचाले शैक्षिक सत्र नै खेर जाने जोखिम बढेको औल्याउँदै जसरी पनि समाधानको उत्कृष्ट विकल्प खोजी गर्नसमेत आग्रह गर्नुभएको छ ।

विद्यालय शिक्षामा पठनपाठनसम्बन्धी पाठ्यक्रम प्रारूप २०७६ यो वर्ष कार्यान्वयनमा आएको छ । प्रारूपमा भएको नयाँ व्यवस्थाअनुसार प्रारम्भिक बालविकासको वर्षभरि ५ सय ७६ कार्यघण्टा र हप्ताको १८ पाठ्य घण्टा, कक्षा १–३ सम्मको वर्षभरि ८ सय ३२ कार्यघण्टा र हप्ताको २६ घण्टा पठनपाठन गराउनुपर्ने व्यवस्था छ। कक्षा ४ देखि १० सम्म वर्षभरि एक हजार २४ कार्यघण्टा र हप्ताको ३२ पाठ्य घण्टाको व्यवस्था गरिदिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);