पुरानो नक्सा प्रकाशन गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही गर्न निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

पुरानो नक्सा प्रकाशन गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही गर्न निर्देशन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नया संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्रि गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले उक्त निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मुल्याङकन परिषदको आज सम्पन्न ८८ औ बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए । उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्रि गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने समेत बताएका छन् ।

बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पुस्तक अभाव हुन नदिने सुचीकृत मा परेका प्रकाशकको पुस्तक छपाईका लागि स्वीकृत दिन समेत निर्देशन दिएका छन् । बैठकले विभिन्न विषयका कक्षा ६–८को पाठयक्रम स्वीकृत गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);