बर्दियामा थप ३ दिन निषेधाज्ञा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बर्दियामा थप ३ दिन निषेधाज्ञा

बर्दिया, २९ साउन । बर्दियामा थप ३ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण बढेसँगै थप ३ दिनका लागि निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला कोभिड -१९ संकट व्यवस्थापन केन्द्र बर्दियाको बिहीबार बसेको बैठकले बर्दियामा ३ दिन थप गरि साउन ३२ गते सम्म निषेधाज्ञा कायम गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सुचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिनु भयो।

यसअघि स्थानीय प्रशासनले साउन २५ गतेदेखि २९ गते बिहीबार ५ दिनसम्म अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि निषेधित गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);