बर्दियामा बैशाख ३१ गते सम्म निषेधाज्ञा जारी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बर्दियामा बैशाख ३१ गते सम्म निषेधाज्ञा जारी

दीपकलाल श्रेष्ठ
बर्दिया। बर्दियामा बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी थप गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले शुक्रबार साँझ डीसीसीएसीको सिफारिसमा जिल्ला सुरक्षा समितिले बैशाख ३१ गते सम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय बर्दियामा प्रशासनिक अधिकृत एवं सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए ।

जिल्लामा कोरोना पोजेटिभहरुको संख्या दिनानुदिन बढीरहेको र अवस्था भयावह हुन नदिनका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरिएको समेत ढकालले बताए । विना कारण घर बाहिर ननिस्कन, घर बाहिर निस्कनै परे माक्स लगाएर मात्र निस्कन सर्वसाधारणलाई ढकालले अनुरोध गरे ।

छिमेकी जिल्ला बाँके, कैलाली र सिमावर्ती क्षेत्र भारतमा कोरोना पोजेटिभ दैनिक रुपमा बढ्दै गएपछि जिल्ला प्रशासनले बर्दिया प्रवेशमा समेत कडाइ गरेको छ।

बर्दियामा शुक्रबारसम्म जम्मा संक्रमित संख्या ५ सय ९२ जना रहेको र सो मध्य गुलरिया नगरपालिकामा १ सय १८ , मधुवन नगरपालिकामा ६२, बासगढी नगरपालिकामा ६५, राजापुर नगरपालिकामा ६५ , बारबर्दिया नगरपालिकामा १ सय १४ , ठाकुरबाबा नगरपालिकामा ७१, बढैया गाउँपालिकामा ६७ र गेरुवा गाउँपालिकामा ३० कोरोना संक्रमित रहेको ढकालले जानकारी दिए ।

डीसीसीएमसी कै पछिल्लो निर्णय अनुसार बैशाख १३ गतेदेखि बैशाख २० गते सम्म निषेधाज्ञा जारी गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);