कञ्चनपुरमा साढे २३ किलो सुन बरामद | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कञ्चनपुरमा साढे २३ किलो सुन बरामद

sun

कञ्चनपुर, ३ फागुन । कञ्चनपुरका दुई स्थानबाट प्रहरीले एकै दिनमा साढे २३ किलो सुन बरामद गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी), अपराध महाशाखा र स्थानीय प्रहरीले जिल्लाको दक्षिणी र उत्तरी दुई स्थानबाट साढे तेईस किलो ६९ ग्राम सुन बरामद गरेको हो । बिहीबार दिउँसो ११ बजेतिर पुनर्वास नगरपालिका–२ दशरतबस्तीका शंकर विकको घरबाट १८ किलो र त्यसको ठिक १५ घण्टा पछि शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका लक्ष्मण तिरुवाको घरबाट ५ किलो, ६९ ग्राम सुन बरामद गरेको हो । सिआईबीका एपसी सुदिप गिरी नेतृत्वको टोलीले पुनर्वास र अमरपुरबाट उक्त सुन बरामद गरिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);