आफ्नो अपहरणको नाटक गरि परिवार संग १५ लाख रकम बार्गेनिङ गर्ने पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

आफ्नो अपहरणको नाटक गरि परिवार संग १५ लाख रकम बार्गेनिङ गर्ने पक्राउ

dhanusha-pakrau

धनुषा, ३ फागुन । धनुषा प्रहरीले आफ्नै नक्कली अपहरणको नाटक गरेर परिवारसंग फिरौती रकम माग गर्ने एक युवक सहित टोलीलाईनै प्रक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रवार प्रत्रकार सम्मेलनको आयोजना गरी मुख्य अभियुक्त जनकपुरधाम उपमहानगरपालिका–१७, का अजय कुमार साहलाई प्रक्राउ गरी सार्वजनिक गरेको हो । साहले जनकपुरधाम उपमहानगरपालिका–२३, समसाद नदाफ र रौतहट जिल्लाको गढिमाई नगरपालिकाको–८ बस्ने २५ वर्षिय अरबिन्द यादवसँग मिलेर आफ्नो अपहरणको नाटक गर्ने र परिवार संग रकम बार्गेनिङ गर्ने गरेको धनुषाका प्रहरी प्रमुख शेखर खनालले जानकारी दिए ।

अजयले केही समय अघि अपहरणको नाटक गरी परिवार संग १५ लाख रुपैयाँ माग गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);