ढाकाबाट दुबईतर्फ उडिरहेको विमान अपहरणको प्रयास गर्ने व्यक्ति मारिए | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

ढाकाबाट दुबईतर्फ उडिरहेको विमान अपहरणको प्रयास गर्ने व्यक्ति मारिए

dhaka to dubai

काठमाडौं, १३ फागुन । बङ्गगलादेशको राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको विमान अपहरणको प्रयास विफल भएको छ ।

बङ्गलादेशबाट दुबईका लागि उडेको विमान अपहरणको प्रयास भएको हो । विमान अपहरणको प्रयास गर्ने व्यक्तिलाई सेनाले चारैतिरबाट घेरेर गोली हानी हत्या गरेको बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन आइएसपीआरले जनाएको छ । राजधानी ढाकाबाट दुबईतर्फ उडिरहेको विमान ‘फ्लाइट बीजी १४७’ मा १ सय ४२ जना यात्रु रहेका थिए ।

अपहरणको प्रयासपछि विमानलाई शाह अमानत अन्तराष्ट्रिय विमानस्थल चटगाउँमा आकस्मिक अवतरण गरिएको थियो । आफूलाई महेदी बताउने २५ वर्षीय युवा मारिएका हुन् । उनले किन विमान अपहरणको प्रयास गरे भन्नेबारे खुल्न सकेको छैन । विमानमा रहेका १ सय ४२ यात्रु भने सकुशल छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);