एयर क्यानडाको बिमान अमेरिकामा आकस्मिक अवतरण, ३७ यात्रु घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

एयर क्यानडाको बिमान अमेरिकामा आकस्मिक अवतरण, ३७ यात्रु घाइते

एजेन्सी, २७ असार । शुक्रवार एअर क्यानाडाको विमान खराब मौषमका कारण अमेरिकाको हवाई राज्यस्थित होनोलुलुमा आकस्मिक अवतरण गरिँदा ३७ जना घाइते भएका छन् ।

विमान क्यानाडाको भ्यान्कुभरबाट अष्ट्रेलियाको सिड्नी जान लागेको थियो ।उक्त विमानमा २सय ६९ जना यात्रु र १५ जना चालक दलका सदस्य रहेका थिए । उडिरहेको विमान मौसमको खराबीका कारण हल्लिएको बताइएको छ ।

जहाजमा बसिरहेका यात्रुहरुले त्यस बेला ‘सिटबेल्ट’ नलगाएका र जहाज मौसमका कारण अकस्मात हल्लिन थालेपछि यात्रुहरु जहाजका विभिन्न भागमा ठोक्किन पुगेका थिए । घाइतेमध्ये ९ जनाको अवस्था गमभीर रहेको एयर क्यानडाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);