बमको चेतावनीपछि मस्कोबाट गोवा जाँदै गरेको विमान आपतकालीन अवतरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बमको चेतावनीपछि मस्कोबाट गोवा जाँदै गरेको विमान आपतकालीन अवतरण

एजेन्सी । मस्कोबाट गोवा जाँदै गरेको विमान गुजरातको जामनगरमा आकस्मिक अवतरण भएको छ । विमानमा शंकास्पद वस्तु हुनसक्ने आशंकाका कारण यो आकस्मिक अवतरण गर्नुपरेको थियो । यसअघि विमानस्थलमा बम डिस्पोजल टोलीको एम्बुलेन्स बोलाइएको थियो । विमानमा करिब २३६ विदेशी यात्रु रहेको बताइएको छ ।

विमानको आकस्मिक अवतरणसँगै प्रहरी र वायुसेनाका अधिकारीहरु विमानस्थल पुगेका थिए । विमानस्थल प्रवेशमा रोक लगाएर सुरक्षा घेराबन्दी गरिएको छ । विमानमा शंकास्पद वस्तु देखिएपछि यो आपतकालीन अवतरण गरिएको हो । अवतरणपछि विमानका सबै २३६ यात्रुलाई विमानबाट सकुशल बाहिर निकालिएको छ ।

राजकोट र जामनगर रेन्जका प्रहरीले विमानमा रहेका सबै २३६ यात्रु र चालक दलका सदस्यलाई सकुशल बाहिर निकालिएको बताएको छ । यस विषयमा स्थानीय प्रशासन र प्रहरी र बम डिस्पोजल टोलीले अनुसन्धान गरिरहेको छ । समाचार एजेन्सी पीटीआईले यो जानकारी दिएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);