मस्को–गोवा उडानमा बम फेला परेन | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

मस्को–गोवा उडानमा बम फेला परेन

एजेन्सी । सोमबार राति मस्कोबाट गोवा आउँदै गरेको रुसी एयरलाइन्स अजुरको फ्लाइटमा बम भएको खबर आएको थियो । राति अबेर आएको एनएसजीको टोलीले १० घण्टासम्म उडान, यात्रु र चालक दलका सदस्यको सामानको खोजी गरेको थियो । तर खोजीमा न बम न त कुनै शंकास्पद वस्तु भेटियो । बम भएको खबर झुटो सावित भएको छ । मिडिया रिपोर्टका अनुसार, उडान मंगलबार बिहान १०ः३० देखि ११ बजेको बीचमा गोवाको लागि उडान हुनेछ।

उडानमा बम रहेको खबर पाएलगत्तै विमानलाई गुजरातको जामनगरमा आकस्मिक अवतरण गराइएको थियो । जसका कारण जामनगर विमानस्थलमा रातभर चहलपहल भएको थियो । सूचना पाएलगत्तै बम डिस्पोजल स्क्वाड, गुजरात प्रहरी र फायर ब्रिगेड विमानस्थल पुगेका थिए। उडानबाट २४४ यात्रु र चालक दलका सदस्यलाई अफलोड गरिएको थियो । त्यसयता उनी विमानस्थलमै पर्खिरहेका थिए ।

उक्त उडान सोमबार दिउँसो १२ः३० बजे मस्कोबाट गोवाका लागि उडेको थियो । राति करिब ९ः३० बजे विमानमा बम भएको खबर आयो । त्यतिन्जेल उडान भारतीय वायुक्षेत्रमा प्रवेश गरिसकेको थियो। यो सूचना पाएलगत्तै सुरक्षा निकायहरु अलर्टमा परेका थिए । त्यसपछि निकटतम विमानस्थल जामनगरमा उडान अवतरण गर्ने निर्णय गरियो। उडान २० मिनेट पछि ९ः५० मा अवतरण भयो। १० बजेसम्म सबै यात्रुलाई विमानबाट सकुशल बाहिर निकालिएको थियो । उडान राति ११ बजे गोवा पुग्ने थियो ।

गोवा एयर ट्राफिक कन्ट्रोललाई मेल मार्फत विमानमा बम रहेको जानकारी दिइएको थियो। तर, अहिलेसम्म पत्र कसले र किन पठाएको हो भन्ने खुल्न सकेको छैन । विमानमा सबै रूसी नागरिक थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);