ब्राजिलका पूर्व राष्ट्रपति पेट दुुखेपछि अस्पतालमा भर्ना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ब्राजिलका पूर्व राष्ट्रपति पेट दुुखेपछि अस्पतालमा भर्ना

ब्राजिलिया । ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो पेट दुखाइका कारण अमेरिकाको एक अस्पतालमा भर्ना भएका छन् । उनकी श्रीमतीले सोमबार सो जानकारी दिएकी हुन् । बोल्सोनारो डिसेम्बरको अन्त्यदेखि दक्षिणी अमेरिकी राज्य फ्लोरिडामा छन्। उनकी श्रीमतीले सामाजिक सञ्जालमा २०१८ मा छुरा प्रहारबाट उत्पन्न पेट दुखाइको कारण अस्पतालमा भर्ना भएको बताइन्।

एक दिन अघि पूर्व दक्षिणपन्थी नेताका समर्थकहरूले ब्राजिलियामा प्रजातान्त्रिक संस्थाहरूमा आक्रमण गरेका थिए। पूर्व राष्ट्रपति बोल्सोनारोकी पत्नी मिशेल बोल्सोनारोले इन्स्टाग्राममा एक पोस्टमा पेटको समस्याका कारण अस्पताल भर्ना भएको बताएकी छिन् । उनले लेखेकी छन्, ‘बोल्सोनारोलाई सन् २०१८ मा छुरा प्रहारबाट उत्पन्न पेटको समस्याका कारण अस्पतालमा भर्ना गरिएको छ। ’

ब्राजिलको ओ ग्लोबो अखबारका अनुसार ६७ वर्षीय बोल्सोनारोलाई फ्लोरिडाको ओर्लान्डो एडभेनथेल्थ सेलिब्रेसन एक्युट केयर अस्पतालमा भर्ना गरिएको छ। यसअघि पनि पूर्वराष्ट्रपति गत मंसिर ३ गते आफ्नो कार्यकाल सकिन दुई दिनअघि नै त्यहाँ पुुगेका थिए ।

समाचार एजेन्सी एएफपीले ओर्लान्डो अस्पतालबाट यस बारे जानकारी लिन खोज्दा अस्पतालले यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन । यसअघि, एक चुनावमा बोल्सोनारोलाई पराजित गर्ने अनुभवी वामपन्थी लुइज इनासियो लुला दा सिल्भाले जनवरी १ मा पदभार ग्रहण गरेपछि, पूर्व नेताले राष्ट्रपति स्याशको परम्परागत स्थानान्तरणलाई अस्वीकार गरे।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);